पासपोर्ट फारमको फोटो 1MB भन्दा सानो बनाउनुहोस्
फारममा "The maximum file size is 1Mb" भन्ने रातो त्रुटि आयो? यहाँ केही सेकेन्डमै साइज घटाउनुहोस्।
🔒 फोटो तपाईंकै फोनमा साइज घटाइन्छ — कतै अपलोड हुँदैन, हामीलाई पनि आउँदैन।
१ मिनेटमा हेर्नुहोस्
Short · फ्री टुलपासपोर्टको फोटो साइज कसरी घटाउने? 1MB भन्दा सानो, सेकेन्डमैफोटो किन ठूलो हुन्छ?
आजकलका फोनले खिचेको एउटा फोटो प्रायः 2–8 MB को हुन्छ — क्यामेरा राम्रो भएकाले। तर पासपोर्टको अनलाइन फारमले हरेक फोटो 1MB सम्म मात्र लिन्छ। त्यसैले नागरिकता वा पुरानो पासपोर्टको फोटो सिधै अपलोड गर्दा "The maximum file size is 1Mb" भन्ने रातो त्रुटि आउँछ।
कसरी प्रयोग गर्ने? (३ स्टेप)
माथिको "फोटो छान्नुहोस्" थिचेर फोनबाट ४ वटासम्म फोटो एकैपटक छान्नुहोस्।
केही सेकेन्डमै हरेक फोटोको छेउमा पहिले र पछिको साइज देखिन्छ। सामान्यतया "1MB भन्दा सानो" नै राख्नुहोस्।
सेभ गरेको फोटो पासपोर्ट फारमको "Previous passport" वा नागरिकताको ठाउँमा अपलोड गर्नुहोस्।
iPhone र Android मा सेभ गर्ने
"📲 फोटोमा सेभ गर्नुहोस्" थिच्दा खुलेको मेनुमा Save Image / 画像を保存 छान्नुहोस्। फोटो Photos एपमा जान्छ। धेरै फोटो छ भने रातो "सबै फोटो एकैपटक" बटन थिच्नुहोस्। फारममा अपलोड गर्दा Photo Library छान्नुहोस्।
"⬇ सेभ गर्नुहोस्" थिच्दा फोटो सिधै डाउनलोड हुन्छ — Gallery वा Google Photos को Download फोल्डरमा देखिन्छ। फारममा "Choose File" थिचेर Download फोल्डरबाट छान्नुहोस्।
कम्प्युटरमा पनि चल्छ — फोटो Downloads फोल्डरमा सेभ हुन्छ।
कुन ४ फोटो चाहिन्छ? (नवीकरण)
राम्रो फोटो खिच्ने ४ टिप्स
- दिउँसोको उज्यालोमा, समतल टेबलमा राखेर सिधा माथिबाट खिच्नुहोस्।
- फ्ल्यास नचलाउनुहोस् — नागरिकताको लेमिनेसनमा चम्किलो दाग आउँछ र अक्षर लुक्छ।
- कागजको चारैतिरको किनारा देखिने गरी, तर धेरै खाली ठाउँ नछोडी खिच्नुहोस्।
- खिचेपछि zoom गरेर नम्बर र नाम पढ्न मिल्छ कि हेर्नुहोस् — धमिलो भए फेरि खिच्नुहोस्।
बारम्बार सोधिने प्रश्न
1MB कि 300KB? २०२६ को नयाँ फारममा 1MB सम्म मिल्छ। निर्देशनमा अझै 300KB लेखिएको छ — शंका लागे 300KB रोज्नुहोस्, त्यो पनि मिल्छ।
मेरो फोटो सुरक्षित छ? छ। साइज घटाउने काम तपाईंकै फोनको ब्राउजरमा हुन्छ; फोटो इन्टरनेटमा कतै जाँदैन, हामीलाई पनि आउँदैन।
साइज घटाउँदा फोटो धमिलो हुन्छ? अक्षर पढ्न मिल्ने गुणस्तर कायम राख्ने गरी मात्र घटाइन्छ। सबैभन्दा राम्रो गुणस्तरका लागि "1MB भन्दा सानो" छान्नुहोस्।
iPhone को HEIC फोटो चल्छ? फोटो लाइब्रेरीबाट छान्दा iPhone ले आफैं JPG बनाउँछ, त्यसैले सामान्यतया चल्छ।
पैसा लाग्छ? लाग्दैन। यो पूरै निःशुल्क टुल हो, दर्ता (login) पनि चाहिँदैन।
बच्चाको पासपोर्ट फोटो (सेतो पृष्ठभूमि) चाहिन्छ? त्यसका लागि छुट्टै टुल छ: बच्चाको फोटो टुल →
भिसा नवीकरणको फोटो (४०×३० mm) चाहिन्छ? त्यसका लागि पनि टुल छ: भिसा फोटो टुल →
यो टुल जापान साथीले नेपालीहरूको सुविधाका लागि बनाएको निःशुल्क टुल हो। आधिकारिक नियम नेपाली राजदूतावास, टोकियो को वेबसाइटमा हेर्नुहोस्।
iPhone (Safari): तल ठेगानाको बायाँको ≡ (तीन धर्का) → Share → View More → Add to Home Screen → Open as Web App खुला राखेर Add। (पुरानो iPhone: Share ⬆︎ → Add to Home Screen) चित्रसहित →
iPhone (Chrome): माथि ठेगानाको दायाँको Share (⬆︎) → View More → Add to Home Screen → Open as Web App खुला राखेर Add। पूरा तरिका →
Android: Chrome को मेनु (⋮) → Add to Home screen वा Install app। पूरा तरिका →
✅ एप राखिसक्नुभयो — तपाईं अहिले जापान साथी एपमै हुनुहुन्छ।


