जापान साथी: फोनमा एपजस्तै राख्नुहोस्
जापान साथीलाई फोनमा एपजस्तै राख्नुहोस् — App Store बिना, निःशुल्क।
iPhone (Safari): तल ठेगानाको बायाँको ≡ (तीन धर्का) → Share → View More → Add to Home Screen → Open as Web App खुला राखेर Add। (पुरानो iPhone: Share ⬆︎ → Add to Home Screen) चित्रसहित →
iPhone (Chrome): माथि ठेगानाको दायाँको Share (⬆︎) → View More → Add to Home Screen → Open as Web App खुला राखेर Add। पूरा तरिका →
Android: Chrome को मेनु (⋮) → Add to Home screen वा Install app। पूरा तरिका →
✅ एप राखिसक्नुभयो — तपाईं अहिले जापान साथी एपमै हुनुहुन्छ।
किन राख्ने?
१. Home Screen को आइकनबाट एक थिचाइमै खुल्छ — ब्राउजरमा खोज्नु पर्दैन।
२. हिसाब टुल र फोटो टुल इन्टरनेट नभए पनि चल्छन् (जस्तै दूतावास वा कन्बिनीमा)।
३. निःशुल्क, खाता चाहिँदैन, तपाईंको जानकारी कतै जाँदैन।
iPhone मा राख्ने तरिका (Safari)
तल ठेगाना (address bar) भएको नयाँ Safari।
तल ठेगानाको बायाँ छेउको बटन। अनि Share थिच्नुहोस्।
Share मेनुमा View More (∨) थिचेर तल सार्नुहोस्।
Add to Home Screen / ホーム画面に追加 छान्नुहोस्।
नाम "जापान साथी" नै राख्नुहोस्, Open as Web App हरियो (खुला) भएको जाँचेर माथि दायाँको Add थिच्नुहोस्।
पुरानो iPhone (iOS 18 वा अघि): तल बीचको Share (⬆︎) → तल सारेर Add to Home Screen → Add।
iPhone मा Chrome बाट
माथि ठेगाना (address bar) को दायाँ छेउको Share बटन।
Share मेनुमा View More (∨) थिचेर तल सार्नुहोस्, अनि Add to Home Screen।
Open as Web App खुला राखेर Add। Home Screen मा रातो "जापान साथी" आइकन आउँछ।
Android मा राख्ने तरिका
माथिको "Home Screen मा राख्नुहोस्" बटन देखिए त्यही थिच्नुहोस्।
माथि दायाँको तीन थोप्ला थिच्नुहोस्।
अनि Install / Add थिच्नुहोस्। आइकन Home Screen वा एपको सूचीमा आउँछ।
बारम्बार सोधिने प्रश्न
यो App Store वा Google Play को एप हो? होइन। यो japansaathi.com नै हो, फोनको Home Screen मा आइकनसहित राखिने। डाउनलोड गर्न स्टोर चाहिँदैन, खाता पनि चाहिँदैन, र पूरै निःशुल्क छ।
इन्टरनेट नभए के चल्छ? एकपटक खोलेपछि आम्दानी हिसाब टुल, फोटो साइज टुल र मुख्य पेजहरू इन्टरनेट नभए पनि खुल्छन्। बच्चाको फोटो र भिसा फोटो टुल पहिलो पटक इन्टरनेटमा प्रयोग गरेपछि (AI मोडेल फोनमा आएपछि) अफलाइनमा पनि चल्छन्।
मेरो फोनमा के सेभ हुन्छ? साइटका पेज, अक्षर (font), तस्बिर र टुलको AI मोडेल मात्र — छिटो र अफलाइनमा खोल्न। तपाईंको नाम, फोटो वा हिसाबको अंक सेभ हुँदैन, कतै पठाइँदैन।
नयाँ जानकारी कसरी आउँछ? इन्टरनेट हुँदा पेज सधैं नयाँ संस्करणबाट खुल्छ। अपडेट गर्नुपर्दैन।
एपमा पछाडि कसरी जाने? माथि बायाँको ← बटन थिच्नुहोस्, वा स्क्रिनको बायाँ छेउबाट दायाँतिर स्वाइप गर्नुहोस्। जापान साथी लोगो वा ☰ मेनुको 🏠 गृहपृष्ठ ले सधैं पहिलो पेजमा पुर्याउँछ।
भिडियो अफलाइनमा चल्छ? चल्दैन। YouTube भिडियो हेर्न इन्टरनेट चाहिन्छ। पेज र टुल भने इन्टरनेट नभए पनि खुल्छन्।
हटाउन कसरी? आइकनमा लामो थिचेर Remove / Delete (iPhone: "Remove App" → "Delete from Home Screen") गर्नुहोस्।

