बच्चाको पासपोर्ट फोटो: सेतो पृष्ठभूमि, ४५×३५ mm
सानो बच्चालाई फोटो स्टुडियो लैजान गाह्रो? घरमै खिच्नुहोस् — पृष्ठभूमि सेतो यहीँ बन्छ।
छोटकरीमा
१. सादा भित्ताअगाडि, उज्यालोमा, बच्चा क्यामेरातिर हेरेको फोटो खिच्नुहोस्।
२. यहाँ छान्नुहोस् → पृष्ठभूमि आफैं सेतो हुन्छ → रातो रेखामा मिलाउनुहोस्।
३. सेभ गरेर कन्बिनीमा प्रिन्ट — दूतावासलाई २ प्रति चाहिन्छ।
माथिको रेखा = टाउकोको टुप्पो, तलको = चिउँडो। फोटोलाई औंलाले सार्नुहोस्।
iPhone: खुलेको मेनुमा Save Image / 画像を保存 छान्नुहोस् — फोटो Photos एपमा जान्छ।
Android: फोटो सिधै डाउनलोड हुन्छ — Gallery वा Google Photos को Download फोल्डरमा देखिन्छ।
🔒 बच्चाको फोटो तपाईंकै फोनमा बन्छ — कतै अपलोड हुँदैन, हामीलाई पनि आउँदैन।
भिडियोमा हेर्नुहोस्
यो टुल · ३ स्टेपबच्चाको पासपोर्ट फोटो घरमै कसरी?भाग १/२जापानमा जन्मेका बच्चाको e-Passport फोटो मापदण्डभाग २/२मोबाइलबाट फोटो + कन्बिनीमा ¥200 मा प्रिन्टदूतावासले भनेको फोटोको नियम
स्रोत: नेपाली राजदूतावास, टोकियो। टुलले पृष्ठभूमि मात्र बदल्छ — माथिका कुरा फोटो खिच्दा नै मिलाउनुपर्छ।
राम्रो फोटो खिच्ने ५ टिप्स
- सादा भित्ता (सेतो वा हल्का रंग) अगाडि — बच्चाको लुगा भित्ताको रंगसँग नमिलोस्।
- झ्यालतिरको उज्यालो अनुहारमा पर्ने गरी — फ्ल्यास नचलाउनुहोस् (छायाँ र रेड-आई आउँछ)।
- सानो बच्चा: सेतो कपडा ओछ्याएर पल्टाएर माथिबाट खिच्न सकिन्छ। फोन बच्चाको अनुहारसँग सिधा राख्नुहोस्।
- टाउको र काँधको केही भाग आउने गरी, अलि टाढाबाट खिच्नुहोस् — टुलले आफैं काट्छ।
- धेरै फोटो खिच्नुहोस्, मुख बन्द र आँखा खुला भएको छान्नुहोस्।
कन्बिनीमा प्रिन्ट गर्ने
- १ फोटो (४५×३५ mm): कन्बिनीको ID फोटो (証明写真) प्रिन्टमा प्रयोग गर्नुहोस् — साइज 4.5×3.5 cm छान्नुहोस्। उदाहरण: FamilyMart को ファミマネットワークプリント एप (युजर दर्ता नचाहिने), シール紙 L判 ¥200।
- L साइजमा ४ फोटो: कुनै पनि कन्बिनी वा घरको प्रिन्टरमा सामान्य L判 फोटो प्रिन्ट। "आफैं मिलाउने/काट्ने" (トリミング) बन्द गर्नुहोस्। तलको 4 cm रेखा रुलरले नापेर साइज ठिक छ कि जाँच्नुहोस्, अनि कैंचीले काट्नुहोस्।
- फोटोको पछाडि पेन्सिलले बच्चाको नाम लेख्नुहोस्।
बारम्बार सोधिने प्रश्न
दूतावासले घरमा बनाएको फोटो लिन्छ? हामीले यसरी बनाएको एक साथीको बच्चाको फोटो नेपाली राजदूतावासले स्वीकार गरेको थियो। तर यो हाम्रो अनुभव हो, दूतावासको नियम होइन — शंका भए दूतावाससँग सोध्नुहोस्।
बच्चाको फोटो सुरक्षित छ? छ। पृष्ठभूमि हटाउने AI मोडेल तपाईंको फोनमै चल्छ; फोटो इन्टरनेटमा कतै जाँदैन, सेभ पनि हुँदैन।
किन पहिलो पटक ढिलो? पहिलो पटक AI मोडेल (~२० MB) यही साइटबाट फोनमा आउँछ — Wi-Fi मा प्रयोग गर्नुहोस्। दोस्रो पटकदेखि छिटो हुन्छ।
कपालको किनारा राम्रो भएन? सादा, उज्यालो भित्ताअगाडि फेरि खिच्नुहोस्। पृष्ठभूमि र कपाल/लुगाको रंग फरक भए राम्रो हुन्छ।
ठूलाको फोटो? १६ वर्षमाथिको नवीकरणमा फोटो दूतावासमै खिचिन्छ — छापिएको फोटो चाहिँदैन। फारमका कागजको फोटो सानो बनाउन फोटो साइज टुल हेर्नुहोस्।
भिसा (在留) आवेदनको फोटो? त्यो साइज फरक (४०×३० mm) छ: भिसा फोटो टुल →
यो टुल जापान साथीले बनाएको निःशुल्क टुल हो; पृष्ठभूमि हटाउन Google MediaPipe (Apache 2.0) प्रयोग गरिएको छ। आधिकारिक नियम नेपाली राजदूतावास, टोकियो को वेबसाइटमा हेर्नुहोस्।
iPhone (Safari): तल ठेगानाको बायाँको ≡ (तीन धर्का) → Share → View More → Add to Home Screen → Open as Web App खुला राखेर Add। (पुरानो iPhone: Share ⬆︎ → Add to Home Screen) चित्रसहित →
iPhone (Chrome): माथि ठेगानाको दायाँको Share (⬆︎) → View More → Add to Home Screen → Open as Web App खुला राखेर Add। पूरा तरिका →
Android: Chrome को मेनु (⋮) → Add to Home screen वा Install app। पूरा तरिका →
✅ एप राखिसक्नुभयो — तपाईं अहिले जापान साथी एपमै हुनुहुन्छ।

